Ads

अनामनगर क्षेत्रमा पनि अवैध संरचना हटाउदै महानगर


काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको छ।

महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको हाे । शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको छ।

अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो ।

नगरप्रहरी प्रमुख राजु नाथ पाण्डेले महानगरको निर्देशन बेवास्ता गर्दै बसेका संरचनामा डोजर लगाउने लागिएकाे बताए ।

Ads

सम्बन्धित पोष्टहरू