काठमाडौं । नागरिकता विधेयकलाई प्रमाणीकरण सम्बन्धी सर्वोच्च अदालतमा दायर भएको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
अधिवक्ताहरु डा. सुनिलरञ्जन सिंह, सुनिलकुमार यादव, सागर बराल, देव शर्मा र शोनु रौनियारले छुट्टाछुट्टै दायर गर्नुभएको उक्त रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा तोकिएको थियो । तर, शुक्रबारको पेसीमा अन्तिममा परेका ती रिटहरु हेर्न नभ्याइने सूचीमा परेको हो ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै बिहीबार सर्वोच्चमा पाँच वटा रिट दर्ता भएको थियो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले आज हेर्न नभ्याइने सूचीमा परेको उक्त रिटमाथि आइतबार सुनुवाइ हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्