काठमाडौं ।नेपाली कांग्रेसले घोषणापत्र तयारी समितिको प्रवक्ताको जिममेवारी सहमहामन्त्री जीवन परियारलाई तोकेको छ ।
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कांग्रेसको घोषणापत्र तयारी समितिको प्रथम बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम सहमहामन्त्री परियारलाई ‘घोषणापत्र तयारी समितिको प्रवक्ता ’को अभिभारा तोकेको हो ।
सञ्चारकर्मीले आवश्यक सूचना एवं विविध विषयमा क्रमशः तय हुने अवधारणाका लागि परियारलाई सम्पर्क गर्नसक्ने कांगे्रसले जनाएको छ । समितिका तर्फबाट आवश्यकताअनुरूप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्न ेघोणणा तयारी समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्