Ads

निर्वाचन नेतृत्व रोज्ने जनमत संग्रह : पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचन केपी शर्मा ओली वा शेरबहादुर देउवामध्ये कसको नेतृत्व रोज्ने जनमत संग्रह भएको बताएका छन् ।

नेता पोखरेलले एमालेले अध्यक्ष ओलीलाई सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको दाेहाेर्याए। उनले, ‘गठबन्धनको कुनै लक्ष्य छैन। कुनै उद्देश्य छैन। कसले नेतृत्व गर्ने भन्ने योजना छैन । तर, एमालेसँग स्पष्ट नीति छ, स्पष्ट उद्देश्य र नेतृत्व छ। अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारिसकेका छौं।’

एमाले निकट युवासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन दलसँग कुनै एजेण्डा र कसले नेतृत्व गर्ने भन्ने खाका नै नभएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू