काठमाडौं।सत्ता गठबन्धन दलबीच आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक आज फेरि बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो शुक्रवार बसेको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँडसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउन गम्भीर छलफल भएको थियो ।तर छलफल निष्कर्षमा पुग्न नसकेपछि आज शनिबार बस्नेगरी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँड र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको समेत सहभागितामा शीर्ष नेताहरूको बैठक निरन्तर रुपमा बस्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्