जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर-जयनगर रेल चढेका छन् ।
पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन ।
पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् । रेल चढ्न उहाँले नै टिकट काटेका थिए ।
याे त्यही रेल हाे,जुन ओली सरकारका पालामा आएकाे थियाे ।
एमाले केन्द्रीय सदस्य रामचन्द्र मण्डलका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा. रिना यादवलाई ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्