रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिइरहेको छ ।
रुपन्देहि घर भई बिभिन्न पेशा, व्यवसाय अध्ययनको क्रममा अष्ट्रेलियामा रहेका रुन्देहिबासिलाई रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले अझ प्रगाढ भाइचारा र आत्मीयता वृद्धि गरी एकआपसबीच सु(सम्बध कायमगरी मातृत्व को वोध गराएको छ ।
जन्म भूमीको एकता अनी भाईचाराको सम्बन्ध बिकास गर्नका निम्ति र समाजिक जागरण अभियान, परोपकारी कार्य अनी सुख दुःखमा समाजले सहयोग प्रदान गर्दै आएको छ ।
२०१५ मा स्थापना भएको सञ्जालले हाल सम्म कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग, अस्पतालमा एवं स्वास्थ्य चौकिमा स्वास्थ्या सामग्री प्रदान , गरिव तथा जेहेन्दार विधार्थीलाई छात्रावृत्ति प्रदान, कला र संस्कृतिको जगेर्ना एवं प्रवद्र्धन जस्ता महत्वपूर्ण कार्यहरु गर्दै आएको छ।
समाजले विभिन्न समयमा गर्दै आएको सामाजिक कार्यलाई निरन्तरता दिँदै यस वर्षको तिज पर्वका अवसरमा गरेको तिज धमाका नाईट २०२२ का अवसरमा प्राप्त रकमबाट कार्यक्रम पश्चात जम्मा भएको रकम रुपन्देहीका अनाथ तथा अपाङग र असहाय वालवालिकाका लागि प्रदान गरिने सञ्जालका अध्यक्ष मुक्तिराम पोख्रेलले जानकारी दिए ।
पोख्रेलले समाजले विगतमा पनि रुपन्देहीमा विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आईरहेको स्मरण गर्दै वालवालिकाको शिक्षा र स्वास्थ्या क्षेत्रमा सहयोग पुगोस भन्ने हेतुले वचत रकम ८१९३.६३ अष्ट्रेलियन डलर दुई चरणमा प्रदान गरी सहयोग पुऱ्याउने जानकारी दिए । उक्त कार्यक्रम आयोजना गर्दा समाजलाई ३६७१५ अष्ट्रेलियन डलर प्राप्त भएकोमा २८५२१.३७ अष्ट्रेलियन डलर खर्च भएको थियो ।
प्रतिक्रिया दिनुहोस्