Ads

नागरिकता विधेयक : दिएन सर्वोच्चले अन्तरिम आदेश, प्रमाणीकरण नगर्नुको कारण भने माग


काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइको क्रममा राष्ट्रपति कार्यालयसँग प्रमाणीकरण नगर्नुको कारण भने मागिएको छ ।

विधेयक प्रमाणीकरण नगरेको भन्दै परमादेश मागसहित परेका पाँचवटा रिटको एकमुस्ट सुनुवाइ गरिएको थियो ।

देव शर्मा, शोनु रौनियार र अधिवक्ता सुनिलकुमार यादव एकल निवेदक छन् भने अधिवक्ता सागर बराल र अधिवक्ता डा. सुनिलरन्जन सिंहले संयुक्तरूपमा रिट निवेदन दर्ता गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू