काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले देश दौडाहामा रहेका छन् । यस्ताे दौडाहामा उनले एमालेमा प्रवेश गर्नेहरूलाइ स्वागत गरिरहेका छन् ।
यस्ताे दौडाहाले आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनाका लागि नयाँ माहाैल बनाइरहेकाे एमाले श्राेतकाे ठहर छ ।
पछिल्लो समय एमालेमा प्रवेश गर्नेको लहर चलेकाे छ । याे लहर एमालेले चलाइरहेकाे ‘पार्टी क्रस, एक लाख प्लस’ अभियान अन्तर्गत देखिएकाे हाे ।
याे अभियान चलेयता एक लाख सन्ताउन हजार आठ सयभन्दा धेरै जना विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको एमाले नेताहरूकाे भनाइ छ ।
विगतमा एमाले कमजोर भनिएकाे मधेस प्रदेशमा अहिले एमालेकाे याे अभियान अरू बढि गतिशिल देखिएकाे एमाले नेताहरूकाे भनाइ छ ।
शनिवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद तथा पुर्वमन्त्री उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउँन ओली मधेश प्रदेशको धनुषा पुगेका थिए । पुर्वमन्त्री अरगरियालाई पार्टीेमा स्वागत गर्ने क्रममा ओलीले एमालेमा प्रवेश गर्नेको संख्या १ लाख नाघेको बताएका थिए ।
कहाँबाट कति प्रवेश गरे एमालेमा ?
पाँचथर २१९
इलाम २८००
झापा १३
धनकुटा ३४२७
खोटाङ ७५३
ओखलढुंगा ३२३
उदयपुर १५७१३
मोरङ १०९५३,
सुनसरी ३०२५
सिरहा १२२१६
सर्लाही ७८१५
रौतहट १०५७०
पर्सा ३०९०
दोलखा ४२
रामेछाप ७०५
सिन्धुली ५४७
काभ्रेपलाञ्चोक २२०७
सिन्धुपाञ्चोक ८३३३
रसुवा ५४८
धादिङ ५८८
चितवन ११०१
भक्तपुर १५०
ललितपुर ३०५०
काठमाडौं ३०८
कास्की ११३५
पर्वत १११२
स्याङ्जा १२०९
म्याग्दी ९५०
बागलुङ ५३१२
नवलपुर १५३७
तनहुँ ७०७
परासी २२०३
रुपन्देही १०३५१
कपिलवस्तु ५९०७
पाल्पा १६०७
अर्घाखाँची २७५०
गुल्मी १८७१
रोल्पा २०८
प्युठान ५३६३
दाङ ५५७१
बाँके ८०१७
जुम्ला ८८१
दैलेख २२१३
डोटी ५५
बैतडी २०१६
डडेलधुरा १३०
कञ्चनपुर ३१९५
कैलाली ३०८३
प्रदेशगत रूपमा प्रदेश नम्बर एकबाट उन्नचालिस हजार दुई सय छब्बिस,मधेशबाट तेत्तिस हजार छ सय एकाईस, बागमतीबाट सत्र हजार पाँच सय उन्नासी, गण्डकीबाट एघार हजार नौँ सय बैसठी, लुम्बिनीबाट पैईतिस हजार आठ सय एकतीस, कर्णलीबाट तेह्र हजार एक सय वयासी , सुदुरपश्चिमबाट छ हजार चार सय आठ जना एमालेमा प्रवेश गरेका छन् ।
एमालेमा प्रवेश गर्नेहरूकाे संख्या अरू बढ्ने एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस्