Ads

धनुषा: प्रहरीले १९ किलो चाँदीसहित भारतिय नागरिक चन्द्रकान्त झालाई गर्यो प्रकाउँ


काठमाडौं ।सशस्त्र प्रहरीले मधेश प्रदेशको धनुषाबाट १९ किलो चाँदीसहित छिमेकी देश भारतका एक नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले भारतको विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।
शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।

उपरिक्षक खड्काका अनुसार बरामद गरिएको १९.४१७ केजी चाँदीको रु १९ लाख ६४ हजार तीन सय ४० मूल्य बरावरको रहेको बताए। बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलको भनाई छ।

 

Ads

सम्बन्धित पोष्टहरू