Ads

समानुपातिक सूची सच्याउन देउवा तयार


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउन समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न तयार भएका छन् ।

शेखर कोइराला र गगन थापाको समूहले चुनावमा विद्रोह गर्ने चेतावनी दिएपछि देउवा निर्वाचन आयोगमा असोज ३ मै बुझाइएको प्रारम्भिक सूची हेरफेर गर्न तयार भएका हुन् । बुधबार बिहानका लागि पनि पदाधिकारी बैठक बोलाएका छन् ।

कार्यदल बनाएरै समानुपातिक सूची परिमार्जन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । निर्वाचन आयोगमा बुझाइएको सूचीमा असोज १६ सम्म हेरफेर गर्न मिल्छ ।

Ads

सम्बन्धित पोष्टहरू