काठमाडौं ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँडको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धन दलहरुबीच आपसी सिट बाँडफाँडका विषयमा छलफल गर्न शीर्ष नेताहरुको बैठक सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एंव कार्यदल समिति सदस्य दुर्गा पौडेलले बताईन ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा )र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठकमा सहभागी रहेका पौडेल बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्