Ads

अरिङ्गालको टोकाइबाट ६२ वर्षीय स्याङ्तानको निधन


काठमाडौं ।मकवानपुरको भीमफेदी गाउँपालिका अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका ६ पारीबजार का ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रनाउ कार्कीका अनुसार बुधबार हिजो दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका स्याङ्तानलाई अरिङ्गालले चिलेर सख्त बनाएको थियो । कुष्णबहादुर स्याङ्तानको उपचारका क्रममा विहीवार आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक कार्कीले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१