Ads

प्रचण्ड भावी प्रधानमन्त्री : बाबुराम


गोरखा– नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भावी प्रधानमन्त्री भएको दाबी गरेका छन् । उनले नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने समेत बताए ।

गोरखामा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने बताएका हुन् । उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेश सभा सदस्य उम्मेदवार छन् ।

Ads

सम्बन्धित पोष्टहरू