काठमाडौं- निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हेलिकोप्टर चढ्न सहमति दिएको छ ।
‘आज निवेदन आएको थियो । पार्टीको खर्चमा चढ्न सहमति दिइएको छ,’ आयोग स्रोतले भन्यो । चुनाव प्रचारका लागि एमालेले हेलिकोप्टरका लागि आयोगसँग सहमति मागेको थियो ।
एमालेको मुख्य प्रचारक अध्यक्ष ओली भएकाले हेलिकोप्टरका लागि आयोगसँग सहमति लिएको हो । एमालेले अनुमतिका लागि आयोगमा पेस गरेको निवेदनमा अध्यक्ष ओलीसँगै अर्को एक जना पनि आवश्यकताका आधारमा रहने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्