काठमाडौं । नेपाल राष्ट्र बैँकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रूपैयाँ ९९ पैसा र बिक्री दर १२९ रूपैयाँ ५७ पैसा रहेको छ।
त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १४८ रूपैयाँ ७९ पैसा र बिक्री दर १४९ रूपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्