काठमाडौं । स्पेजियालाई २-१ ले हराउँदै एसी मिलान शनिबार इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा फर्किएको छ । २१औं मिनेटमा थियो हर्नान्डेजको गोलमा मिलानले अग्रता लिएको थियो । ५९औं मिनेटमा ड्यानियल माल्डिनीले गरेको गोलमा स्पेजिया खेलमा फर्किएको थियो ।
खेल सकिन एक मिनेट बाँकी रहँदा ओलिभर जिरौउडले गरेको गोलमा मिलानले तीन अंक पक्का गर्दै दोस्रो स्थानमा उक्लिएको हो । जिरौउडले ८३औं मिनेटमा पहिलो पहेँलो कार्डको दर्शन गरेका थिए । गोल पछि समेत उनले पहेलो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो । मिलान १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो । जुन शीर्ष स्थानको नेपोलीभन्दा ६ अंक कम हो ।
प्रतिक्रिया दिनुहोस्