न्युयोर्क । चर्चित कमेडियन क्याथी ग्रिफिनको ट्विटर एकाउन्ट आइतबार निलम्बनमा परेको छ ।सोही दिन उनले ट्विटरको नयाँ प्रमुख कार्यकारिणी अधिकारी तथा विश्वकै सर्वाधिक धनी अर्बपति एलोन मस्कलाई गिज्याउनुका साथै आफ्नो पेजको टाइटल नै परिवर्तन गरेर “एलोन मस्क” राखेकी थिइन् ।
तर, उनीमाथि लगाइएको निलम्बन स्थायी हो वा मस्कलाई जिस्काएकै कारण उनलाई यो कारबाही गरिएको हो भन्ने स्पष्ट हुन नसकेको (एनबीसी न्युज) ले लेखेको छ ।
मस्कले सेलिब्रिटी र अन्य प्रतिष्ठित व्यक्तिहरुको नक्कल गर्ने व्यंगकार स्तरयुक्त नभएको खण्डमा तिनीहरुका एकाउन्टमाथि नै प्रतिबन्ध लगाइने घोषणा गरेको केही समयपछि नै ग्रिफिनको एकाउन्ट कारबाहीमा परेको हो ।
ट्विटरको नीतिले सधैँ प्रतिरुपण कार्यलाई निषेध गर्दै आएको छ । तर, उक्त सन्दभमा यो नयाँ र पछिल्लो कारबाही हो । मस्क यसबाट आफ्नो नीतिका मुख्य लाभार्थी देखिएका छन् । तर, यो तथ्य उनको आफ्नै “स्वतन्त्र अभिव्यक्ति निरपेक्षवादी” भएको दाबीको विरोधाभाष हुन सक्छ । मस्कले केही समयअघि मात्र ट्विटर ४४ लाख अमेरिकी डलरमा खरिद गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्