Ads

मङ्सिर ४ देशलाई मुक्त गराउने अवसरपनि हो : अध्यक्ष लिङ्देन


काठमाडौं, । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मङ्सिर ४ को निर्वाचनलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा बिहिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले आगामी निर्वाचनमा राप्रपालाई मत दिन आग्रह गरे ।

समग्रमा देश विकासको कामलाई राप्रपाले नेतृत्व दिने र संसदमा पुगेर सुनौलो देश निर्माणका लागि खबरदारी गर्ने उनले बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू