Ads

अन्जनाको घरदैलो कार्यक्रममा महिला मतदाताहरू उत्साहित


काठमाडौं, । नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार बनेकी अन्जना विशन्खेको घरदैलो कार्यक्रममा महिला मतदाताहरू उत्साहित भएको देखिन्छ । विशन्खे काठमाडौं क्षेत्र नम्बर १० की प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार हुन । पहिलो पटक सो क्षेत्रबाट महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएका कारण महिला मतदाताहरू उत्साहित भएका हुन् ।

जनआन्दोलनपछि भएका प्रतिनिधिसभाको निर्वाचन र उपनिर्वाचन र संविधानसभाको निर्वाचन गरी सो क्षेत्रमा आठौँ पटकसम्म निर्वाचन सम्पन्न हुँदैछ । यसअघिका निर्वाचनमा मुख्य दलहरूबाट शीर्षस्थ नेतृत्वतहदेखि उम्मेदवार बनेका सबै पुरुष उम्मेदवार थिए ।

चन्द्रागिरि नगरपालिकाको बोसीगाउँ सतुंगलका स्थानीय रहेका उम्मेदवार विशेन्खेले पनि महिला मतदाताहरूमा ध्यान केन्द्रित गराएकी छिन । उनी यसअघि पनि सो क्षेत्रको प्रतिनिधित्व गर्दै समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभाका सांसद बनेकी थिइन ।

सत्ता गठबन्धन, नेकपा (माओवादी केन्द्र) र क्षेत्र नम्बर १० को मुद्दालाई लिएर मतदातामाझ पुगेकी उम्मेदवार विशन्खेले आधा आकाश ओगटेको महिला समुदायको प्रतिनिधित्व संसदमा भएपछि महिला हकअधिकार र समानताका सिद्धान्तलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सजिलो हुने बताईन ।

’’राज्यव्यवस्थामा सबैको समान हक अधिकार भएकाले मतदाताहरूले पहिलो पटक महिला उम्मेदवारको माया गर्नुहुनेछ, धेरै पटक पुरुष हेरियो, एकचोटी महिला छान्नुस् ।’’ भनेर महिला मतदातासँग मत मागिन ।

यसैबीच, कीर्तिपुरका स्थानीय मतदाता सङ्गीता उप्रेतीले पहिलो पटक महिला उम्मेदवार बनेकोमा खुसी भएको व्यक्त गरिन । उनले उम्मेदवार बन्न पाउनु नै महिलाको लागि पहिलो खुड्किलो पार गरेजस्तै विजयी हुने बाटोमा अग्रसर हुन उम्मेदवार विशेन्खेलाई बधाई दिईन ।

यस्तै, फर्पिङका स्थानीय मतदाता मीना बलामी महर्जनले पनि पहिलो पटक महिला उम्मेदवार बन्नुभएकोमा महिलाले पनि केही गर्न सक्छ भन्ने पुष्टि भएको बताए । मातातीर्थस्थित अमरावती हाउजिङ्गका मतदाता निगिता पुनले जीतहार जोसुकैको भए पनि महिला उम्मेदवारको कारण सम्पूर्ण महिलाको शिर उँचो भएको प्रतिक्रिया दिईन ।

Ads

सम्बन्धित पोष्टहरू