Ads

आलेले गर्दा डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत भयो : ओली


दिपायल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको बताएका छन् । चुनावी आमसभाका क्रममा डोटीको सदरमुकाम दिपायलमा पुगेका ओलीले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी तथा जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेलीले विचार पु-याउन आग्रह गरे ।

विगतमा एमोलेले टिकट दिएर जिताएको व्यक्तिले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको भन्दै अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गरेका छन् ।

ओलीले भने– मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत गरेको बताए । सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे । मन्त्रीको भाषा हेर्नुभयो ? यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टीबाट उम्मेदवार बनेको सुनियो । त्यस्ता विश्वासघाती,पार्टीको माया नगर्ने, विकासको मतलब नभएको र सूर्य चिन्हमा तपाईँहरूले दिएको मत बेच्नेलाई जमानत जफत गराउनुस् ।

ओलीले नेपाली कांग्रेसले चितवनमा मात्र नभएर अब डोटीमा पनि रुखमा भोट हाल्नबाट कार्यकर्तालाई वञ्चित गरेको भन्दै कांग्रेस सुधार्न एमालेलाई मत दिन आग्रह गरे ।

अध्यक्ष ओलीले डोटीमा पहिलो पटक सशक्त महिला उम्मेदवार गौरी वलीलाई जिताएर पठाउन आग्रह समेत गे ।

 

Ads

सम्बन्धित पोष्टहरू