Ads

“बाह्र बुँदे सम्झौताअनुसार वेपत्ता र द्वन्द्वपीडिलले अझैसम्म क्षतिपूर्ति पाउन सकेनन् : श्रेष्ठ


कास्की । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउनका लागि भएको बताए । पाँचदलीय गठबन्धन चुनाव प्रचार–प्रसार समिति कास्कीले आयोजना गरेको निर्वाचन केन्द्रित छलफलमा नेता श्रेष्ठले यस्तो बताएका हुन ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लोकतन्त्रको सामान्य प्रक्रिया मात्र नभएको उल्लेख गरेका छन् । “बाह्र बुँदे सम्झौताअनुसार वेपत्ता र द्वन्द्वपीडिलले अझैसम्म क्षतिपूर्ति पाउन सकेका छैनन, उहाँहरुको माग सम्बोधन गर्नु पर्छ”, उनले भने,“पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म पनि रहने छ ।”

शान्ति, समृद्धि र लोकतन्त्रको पक्षमा पाँचदलीय गठबन्धन रहेको उनको उल्लेख छ । उपाध्यक्ष श्रेष्ठले निर्वाचनपछि बन्ने पाँच दलीय गठबन्धनको सरकारले विगतका गल्ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने बताए ।

 

 

Ads

सम्बन्धित पोष्टहरू