काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले दैनिक २/३ किलो गाली खाने गरेको बताएका छन् । शनिबार तेलंगानाको एक कार्यक्रममा उनले आफूलाई दैनिक गालीहरु आउने गरेको ती गालीलाई आफ्नो शरीरले पोषणमा परिणत गर्ने गरेका बताए ।
भाजपा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले आफ्नो शरीरले गाली प्रशोधन गर्ने गरेको बताए । उनले भने, “मानिसहरूले सोध्छन्– मोदीजी तपाईँ थाक्नुहुन्न ? त्यसैले म भन्छु कि भगवानले मेरो शरीरमा यस्तो संयन्त्र बनाएको छ कि गाली प्रशोधन हुन्छ र पोषणमा बदलिन्छ ।”निराशाका कारण केहीले बिहान बेलुका आफूलाई गाली गर्ने गरेको मोदीले बताए ।
उनले आफूलाई गाली गर्न पूरै शब्दकोश प्रयोग हुने गरे जिकिर गरे । उनले आफ्ना विरोधीसँग गाली गर्नुबाहेक केही बाँकी नरहेको बताए । विगत २०-२२ वर्षदेखि आफूले विभिन्न किसिमका गाली खाँदै आएको मोदीको बताएका दैनिक भास्करले लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्