Ads

फुटेको हाँडीजस्तो जोडेर गठबन्धनले कठपुतलीजस्तो सरकार बनाए : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटेको हाँडीजस्तो जोडेर सत्ता गठबन्धनले कठपुतलीजस्तो सरकार बनाएको बताए । कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध विरोधीहरूले गलत प्रचार गरेको टिप्पणी समेत गरे ।  उनले आगामी मंसिर ४को निर्वाचनले देशलाई कता लाने भन्ने फैसला गर्ने बताए । वृद्धभत्ताले गरिबी र अप्ठ्यारो ठाउँमा ठूलो राहत मिलेको उनले बताए ।

एमालेले सडकमा फालिएका बालकालिकसमेत एमालेले संरक्षण गरेको बताए । पूर्व–पश्चिम राजमार्ग र रेल निर्माण सुरू गरेको उनले उल्लेख गरे । ओलीले भने, ‘भारतसँग मात्रै निर्भर थियो हाम्रो देश । चीनतिरबाट पनि बाटो खोलेर यातायात र पारवहन सम्झौता गरेपछि नाकाबन्दी लाग्नै नसक्ने अवस्थामा देशलाई पु¥याएपछि झन् आत्तिए ।

देश आत्मनिर्भर र स्वतन्त्र ढंगले काम गर्ने अवस्थामा पुग्यो ।’ उनले आफूले सार्वभौम सत्ता बराबरी हुने भएकाले कसैसँग पनि शिर नझुकाइ काम गरेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू