Ads

युएईविरुद्ध सुखद् सुरुआतको योजना


काठमाडौं । तीन एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा आज (सोमबार) संयुक्र अरब इमिरेट्स (युएई)को सामना गर्दा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको शृंखलाका लागि डिसेम्बरमा नामिबियाको भ्रमण गर्दैैैछ । सो शृंखलामा नेपालले नामिबिया र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसैले युएईविरुद्धको शृंखलालाई रोहितकुमार पौडेलले कप्तानीमा रहेको नेपालले नामिबिया भ्रमण अघि अभ्यासको रुपमा लिएको छ । लिग टु मा २० खेलमा १७ अंक जोडेको नेपाल छैटौैं स्थानमा छ भने नामिबिया २२ खेलमा २६ अंकसहित पाँचौ स्थानमा छ । स्कटल्यान्ड भने २८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ । चौथो स्थानको युएईको २६ खेलमा २७ अंक छ ।

कप्तान रोहित पौडेलले युएईविरुद्ध शृंखला आफ्ना लागि चुनौतीभन्दा पनि अवसर भएको बताएका छन् । उपकप्तान रोहितलाई शुक्रबार मात्र क्यानले कप्तानमा नियुक्त गरेको थियो । नेपालले आजबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा तीन  एक दिवसीय खेलको शृंखला खेल्दैछ ।

Ads

सम्बन्धित पोष्टहरू