Ads

छिमेकीको घरमा लास सुताएर अबिर जात्रा मनाएको टिप्पणी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा गठबन्धनले पाँच जना मान्छे मारेको आरोप लगाएका छन् । छिमेकीको घरमा लास सुताएर अबिर जात्रा मनाएको टिप्पणी ओलीको छ ।

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले घण्टी बजाउँदा गठबन्धन आत्तिएको समेत उनले टिप्पणी गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘ढ्याङ्ग्रो पनि बजाएको छैन । एउटा घण्टी बजाउन पनि नदिने। अनि ढुंगा हान्न जाने । दमा, नसिंङ्गा बजाएको पनि होइन ।’ चुनाव लड्न आउनेलाई दिनुपर्ने उनले बताए ।

राणा शासन र राजतन्त्र जनताले फालेको उल्लेख गर्दै गठबन्धनलाई आगामी निर्वाचनबाट फाल्ने बताए । गठबन्धन देशका लागि अभिसाप भएको उनको भनाइ छ ।

उनले भने, ‘हामीले थालेको विकास निर्माणको कामलाई काटेका छन्। अहिले पैसा छैन रे । बैंकमा पैसा छैन । ब्याजदर बढेको छ ।’

Ads

सम्बन्धित पोष्टहरू