पोखरा, । पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका अभिषेक सुनारले नक्कली सुन राखेर दुईवटा बैंकबाट कर्जा लिएको पत्ता लगेपछि पक्राउ परेका छन् । सुनारले एउटा मात्रै होइन, दुई वटा बैंकमा नक्कली सुन राखेर दुईवटा कर्जा लिएका थिए ।
सुनारले समयमा कर्जा र ब्याज नतिरेपछि छानविन सुरु भयो । उनले राखेको सुन नक्कली भएको पत्ता लाग्यो । प्रहरीले सराङकोटबाट सुनारलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।
दुई वटा बैंकलाई झुक्याउँदा समेत पत्तो नलागेको उनले विरौटाको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंकबाट ७ लाख ४५ हजार कर्जा लिएको उहाँले बताउनुभयो ।
कर्जाको व्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली भएको खुलेको हो । प्रहरीका अनुसार सुनारले धितो राखेको सुन नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारेको प्रतिवेदन दिएको थियो ।
सुनारलाई अपराधिक विश्वास घात तथा अपराधिक लाभ सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता डीएसपी तिवारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्