Ads

मंसिर ४ दह्रो राष्ट्रिय शक्ति निर्माण गर्ने चुनाव हो : ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई सामान्य चुनावको रुपमा लिन नहुने बताए ।

एमाले भक्तपुर क्षेत्र नं २ ‘१’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले मंगलबार आयोजना गरेको चुनावी सभामा उहाँले मङ्सिर ४ को चुनावलाई बहुदलीय व्यवस्थामा जस्तो आइरहने चुनाव नभई देशले जित्ने कि हार्ने भन्ने चुनावको रुपमा लिनुपर्ने बताए ।

ओलीले भने, “ अब निर्वाचनले पाँच वर्षसम्म स्थायित्व हुने सरकार निर्माण गर्ने चुनाव हो, यो चुनावले दह्रो राष्ट्रिय शक्ति निर्माण गर्ने चुनाव हो ।” उनले आफ्ना कार्यकर्तालाई मत रक्षा गर्न, मत विस्तार गर्न र अत्यधिक मतले आफ्ना उम्मेदवारलाई विजयी सुनिश्चित गर्न निर्देशन दिए ।

कार्यक्रममा भक्तपुर क्षेन नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले विगत पाँच वर्षमा भएका विकास देशकै नमूना भएको भन्दै बाँकी विकासका काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू