Ads

नागरिकताको विषय ४ वर्षअघि टुंगिएको हो, कति पटक स्पष्टिकरण दिउँ ? : रवी लामिछाने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले नागरिकताको विषयमा आफूले स्पष्टिकरण दिँदा दिँदा हैरान भएको गुनासो गरेका छन् । रवी लामिछानेको नागरिकताबारे प्रश्न उठाएर उनको उम्मेदवारी नै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

यहि विषयमा फेसबुक पेजमार्फत स्पष्टिकरण दिँदै लामिछानेले आफ्नो नागरिकताको विषय ४ वर्ष अघि नै टुंगिएपनि अझै कतिपटक स्पष्टिकरण दिइरहनुपर्नेहो भनेर प्रश्न पनि गरेका छन् । रवीले आफूविरुद्ध फिजिकल र डिजिटल दुवै माध्यमबाट आक्रमण भइरहेको तर यसले आफ्नो विजयको अभियानमा फरक नपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन – २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित मंगलबार उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।

उनले लेखेका छन्, ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकीलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेस र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेसमा, अनि चितवन जिल्ला सरकारी वकील कार्यालय देखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरीकताको बिषय समेतमा विवेचना भई सेटल भईसके पछि फेरी कति पटक स्पस्टीकरण दिनु पर्ने हो ?’

Ads

सम्बन्धित पोष्टहरू