विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि माओवादी ५–७ सिटमा मात्र सीमित हुने बताए । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओली अहिलेको गठबन्धन खरानीको डल्लो भएको भन्दै मंसिर ४ पछि डल्लो फुट्ने दाबी गरे । मंसिर ४ को निर्वाचन पछि माओवादी खरानीको डल्लो फुट्ने र माओवादी सडकमा जाने टिप्पणी गरका छन्े ।
उनले मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गर्दै एमालेको सरकार बन्ने बित्तिकै गठबन्धन नरहने बताए । ‘यो गठबन्धन मंसिर ४ पछि रहँदैन, ओलीले भने, खरानीको डल्लोजस्तै हो ’, उनले भने ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन २० वर्ष टिक्छ भनी दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै ओलीले हिजो छोरी बिकाउनको लागि १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइएको बताए ।
गठबन्धन २० वर्ष टिक्छ भन्ने जस्तो भावुक कुरा केही हैन, ओलीले भने, ‘नचाहिने खालका प्रलोभन बाँडेको हो, हिजो छोरी बिकाउन १५ वर्ष भने, आज आफू बिक्न २० वर्ष भन्दै छन् । अरू कसैको श्रीमती, कसैको छोरा, कसैका ज्वाइँलाई जिताउनको लागि लागि दिइने अभिव्यक्ति राष्ट्रिय राजनीतिको विषय बन्दैनन् ।’
प्रतिक्रिया दिनुहोस्