Ads

भैरहवालाई व्यापारिक, सांस्कृतिक र पर्यटकीय सहरको रुपमा विकास गर्छु : दीपक बाेहरा


भैरहवा ।  रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपा नेता दीपक बाेहराले भैरहवालाई पर्यटकीय सहरका रुपमा विकास गरिने बताएका छन ।

निर्वाचनमा रुपन्देही क्षेत्र नं ३ का नेकपा एमाले, राप्रपा र जसपाका (३ दलका) साझा उम्मेदवारकाे रूपमा रहेका बाेहराले व्यापारिक, सांस्कृतिक तथा पर्यटकीय सहरको रुपमा विकास गर्न धेरै सम्भावना रहेकाले गर्न बाँकी रहेकाले काम आफूले पूरा गर्ने बताए ।

क्षेत्र नं ३ राप्रपा, एमाले, जसपाको संयुक्त चुनावी सभामा बोहराले भैरहवा विमानस्थलबाट नेपाल भित्रका विभिन्न ठाउँको लागि आन्तरिक उडानको व्यवस्था मिलाउने, नरेनापुर धामलाई डीपीआर अनुसार धार्मिक पर्यटनको रुपमा विकास गर्ने, डन्डा खोलको किनारलाई ग्रीन बेल्टका रुपमा विकास गरि पर्यटकीय स्थलकारुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू