बाजुरा । बाम लोकतान्त्रीक गठबन्धनबाट नेकपा माओवादी (केन्द्र) बाजुरा छुट्टीएको छ । नेपालि काँग्रेस बाजुराले उम्मेदवारी दर्ताको दिन प्रदेशसभा (क)मा गठबन्धनबाट माओवादी केन्द्रका कर्ण बहादुर बिक उम्मेदवार रहेको भन्दै सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गरेको थियो । बिकको उम्मेदवारी दर्तामा काँग्रेसले साथ दिएपनि चुनावी सभामा गठबन्धनका बागी उम्मेदवार नरेश शाहीलाई सहयोग गर्दै आएको थियो ।
गठबन्धनबाट प्रदेशसभा क मा माओवादी र नेकपा एसको छट्टाछुट्टै उम्मेदवार भएपछि कस्लाई सहयोग गर्ने भन्ने कांग्रेसलाई सकस भएको थियो । अन्तत कांग्रेस बाजुराले नेकपा एसका उम्मेदवार शाहीलाई सहयोग गर्ने निष्कर्षमा पुग्यो ।
नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधीसभामा नेपाली काँग्रेसलाई भोट नहाल्ने जनाएको छ । गठबन्धनमा रहेर नेपाली काँग्रेसले धोका दिएपछि हामी पनि काँग्रेससँग सहकार्य नगर्ने निर्णयको अन्तीम बिन्दुमा पुगेको नेकपा माओबादी केन्द्र समन्वय समिति बाजुराका सचिव रमेश विकले बताए ।
नेपाली काँग्रेस बाजुराले प्रदेश क मा समाजवादीका उम्मेदवारलाइ बोकेर हिडे पछी हामी कुनै गठबन्धनमा नरहेको विकले बताए । प्रतिनिधीसभामा माओवादीले कुनै उम्मेदवार भोट नदिने बिकको भनाई छ ।
नेकपा माओबादी केन्द्रको ६ हजार भन्दा बढि मत हुदाँ काँग्रेसले नेकपा माओबादी केन्द्रलाई छोडेर एक हजार मत भएको समाजबादीलाई बोकेर जान्छ भने हामीले किन सहयोग गर्ने नेकपा माओबादी केन्द्र जिल्ला सह ईन्चार्ज महेश शाहीको भनाई छ । नेपाली काँगेसले एकिकृत एकिकृत समाजबादीलाई बोकेर हिडेका कारण नेकपा माओवादीले बाम लोकतान्त्रीक गठबन्धनबाट बाहिरीनु परेको शाहीले बताए ।
उम्मेदवारी दर्ताको अन्तिम समयमा प्रदेश क मा नेकपा एकिकृत समाजवादीका नरेश शाहीले समाजवादी पार्टि बाट उम्मेदवारी दर्ता गराए । शाहीको उम्मेदवारी दर्ता भएको केही दिन सम्म गठबन्धनको उम्मेदवार विक काँग्रेसले भनिरहँदा त्यो धेरै समय टिकेन् ।
प्रतिक्रिया दिनुहोस्