Ads

ठूलो मतान्तरले चुनाव जित्ने अभियानमा गौतम


संखुवासभा, । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निवार्चनमा संखुवासभामा गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच पेचिलो प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ एमालेका निवर्तमान सांसद राजेन्द्र गौतम र गठबन्धनबाट कांग्रेसका उम्मेदवार दीपक खड्काबीच टक्कर हुने भएको हो । यसअघि दुई पटक चुनावी प्रतिस्पर्धा गरिसकेका गौतम र खड्काबीच तेस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो ।

यसअघिको प्रतिस्पर्धामा दुवै जनाले एक–एक पटक चुनाव जितेका छन् । ०७४ को निर्वाचनमा एमालेका उम्मेदवार गौतम विजयी भएका थिए । गौतमले ३२ हजार ७ सय ६९ मत ल्याएर विजयी भएका थिए भने त्यसबेला खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरेका थिए ।

१ हजार १ सय ३० मतान्तरले विजयी भएका एमालेका उम्मेदवार गौतम यस पटक अझ ठूलो मतान्तरले चुनाव जित्ने अभियानमा छन् । गौतम निष्पक्ष, स्पष्ट र सालिन व्यक्ति भएकाले धेरैले उनलाई रुचाउँछन् ।

साधा जीवन उच्च बिचार बोकेका गौतम जिल्लावासीको जुनसुकै काममा नाइ÷हुँदैन भन्दैनन् । ‘२४ सै घण्टा उहाँको फोन उठ्छ, भनेको काम आफै खटेर गरिदिनुहुन्छ, पैसा र पावरको कुनै रवाफ उहाँले दिनुहुन्न’ चैनपुर ३ का सोमबहादुर अधिकारीले बताए ।

गौतमले गत चुनाव जितेपछि खड्काले अदालतमा मुद्धा हालेका थिए, जसको फैसला अझै भएको छैन । खड्काले चुनाव हारेको स्वीकार्न नसक्दा उनको छवी जिल्लामा गिरेको स्थानीय मतदाताको भनाई छ । अर्कोतर्फ स्थानीय निर्वाचनमा खड्काले आफ्नै काँग्रेस उम्मेदवारलाई सहयोग नगरेको आरोप लाग्दा काँग्रेसभित्रबाट नै असहयोग हुने पक्का छ ।

काँग्रेसका नै अर्का नेता तारामान गुरुङलगायतका नेताहरु खड्काको बिरुद्धमा मोर्चाबन्धी गरेको अवस्थामा खड्कालाई संखुवासभामा चुनाव जित्नु फलामको चिउरा चपाउनुभन्दा कडा हुने निश्चित देखिएको छ ।

संखुवासभामा ५ नगरपालिका र ५ गाउँपालिका गरि १० स्थानीय तह छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको मत हेर्दा समग्र संखुवासभामा एमाले केही हजार मतले अघि रहेको देखिन्छ ।

१ लाख १७ हजार ५ सय ५४ जना कुल मतदाता रहेको संखुवासभामा ५६ हजार ६ सय ९० महिला र ६० हजार ८ सय ६४ पुरुष मतदाता छन् । चुनावी लहर र मतदाताको आकर्षण भने अघिल्लो चुनावमा जस्तो उत्साहजनक नपाइए पनि चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ ।

मतदाताहरु धमाधम आफ्नो मतदान केन्द्र जान थालेका छन् । काठमाडौं तथा विभिन्न शहरमा रहेका मतदाताहरु जिल्ला गइरहेका छन् । प्रतिनिधि सभाका लागि विभिन्न दलका १० र स्वतन्त्र २ गरी जम्मा १२ जना उम्मेदवारहरु रहेका छन् । प्रतिनिधसभा सदस्य पदमा युरोपनेपाली खवरले गरेको चुनावी मत सर्वेक्षणले एमालेका राजेन्द्र गौतमले संघीय संसद प्रतिनिधि सभामा दोश्रो पटकका लागि आफ्नो सीट सुरक्षित गर्नेछन् ।

 

 

Ads

सम्बन्धित पोष्टहरू