काठमाण्डौ । ग्लोबल आईएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने समझदारी पत्रका हस्ताक्षर भएको छ ।
बिहीवार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरेकाछन् । समझदारीअनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा यस कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्रान्डका बिजुली गाडी खरिद गर्न सहजरूपमा कर्जा प्रवाह गर्नेछ ।
आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि ३ दिनभित्र ग्राहकलाई बैंकले नियमअनुसार सहजरूपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ । यो सुविधा ग्लोबल आईएमई बैंकका सबै शाखाबाट उपलब्ध हुनेछ ।
कार्यक्रममा बैंकका नायब महाप्रबन्धक कल्याण विक्रम पाँडे, रिटेल बैंकिङ प्रमुख नरहरि सिलवाल लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याउँदै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दैआएको छ ।
प्रतिक्रिया दिनुहोस्