Ads

लागू औषधसहित एकजना भारतीय नागरिक पक्राउ


काठमाडौं । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेस पुलबाट प्रहरीले लागूऔषध सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारन घर भएका ४५ वर्षीय विनोद सहनी छन् । बिहीबार दिउँसो पक्राउ परेका उनको साथबाट प्रहरीले लागूऔषध स्पास्मो ७ सय १८ पीस, नाइट्राभेट १५ पिस र एकसय एमएलको २ बोतल वनरेक्स बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय त्रिवेणी र सशस्त्र प्रहरी बल नेपाल विओपि त्रिवेणीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई पक्राउ गरेको हो । आरोपीमाथि जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीले अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू