काठमाडौं । निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ ।
मतदान नजिकिँदै गर्दा चुनाव बहिष्कार गरेका विप्लव नेकपासहितबाट हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यान दिँदै सरकारले सतर्कता बढाएको हो । मतदानस्थललाई संवेदनशील, अतिसंवेदनशील मानेर वर्गीकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाइए छ ।
त्यस्तै चुनावको सुरक्षा तयारी जानकारी गराउन गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको जानकारी दिइएको थियो । निर्वाचनको सुरक्षार्थ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्