Ads

अज्ञात समूहले चितवनका तीन ठाउँमा शंकास्पद वस्तु राखे


काठमाडौं । आइतबार देशव्यापी रुमिा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा त्रास फैलाउन सक्रिय अज्ञात समूहले चितवनका तीन ठाउँमा शंकास्पद वस्तु राखेको फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु फेला परेको हो ।

चितवन प्रहरीका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेको भेटिएको थियो ।

निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त वस्तुलाई  सेनाले आज बिहान ३ः३० बजे निस्क्रिय पारिएको कार्यालयले जनाएको छ ।

यस्तै भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेको पाइएको थियो । सो सिलिण्डरलाई सुरक्षित स्थानमा राखिएको प्रहरीको भनाइ रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू