काठमाडौं, । पूर्वी नवलपरासी कावासोती–६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गर्नुभएको छ । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताए । शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्ले बताए । कावासोती–६ विष्णुनगरको जनता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसालेका छन् ।
कावासोतीकै गोमता भूर्तेल पनि शारीरिकरुपमा अशक्त हुन । उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्छन् । तर गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल अपाङ्गमैत्री नहुँदा उहाँलाई मत खसाल्न गाह्रो भयो । देवचुली–१५ कि ८८ वर्षे ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्नुहुन्न । उहाँले मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताए । समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरुलाई असहजता हुने उनको भनाई छ ।
कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन हुन । उनी अरुको सहायतामा नभइ आफैँ मत हाल्न मन छ । त्यो व्यवस्था अहिले नभएकाले त्यो सम्भव भएन । प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उनको तर्क छ । देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका छन् ।–
प्रतिक्रिया दिनुहोस्