Ads

चितवन २ मा सर्वदलीय बस्दै केहि समयपछि मतगणना शुरु


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको क्षेत्र चितवन–२ मा पनि मतगणनाको लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

सबै क्षेत्रबाट मतपेटिका संकलन भैसकेकाले सर्वदलीय बैठक बसेको हो । मतगणना स्थलमा रहेका पत्रकार हरि सुवेदीले अझै मत गणना सुरु नभएको भन्दै अहिले सर्वदलीय बैठकबसी मतगणना सुरु हुने बताएका छन् । उनले चितवनको निर्वाचन क्षेत्र क्षेत्र नं.१,क्षेत्र नं.२ र क्षेत्र नं.३ को सबै मतपेटिका संकलन भैसकेको तर मतगण भने कुनै पनि क्षेत्रको सुरु नभएको बताए ।

तीन निर्वाचन क्षेत्र र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको चितवनमा ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । यो ०७४ को चुनाव भन्दा १० हजार ६५७ ले बढी हो । २०७४ मा तीन लाख ५४ हजार ३६ मतदाता थिए । यसपटक महिला २ लाख ९ हजार ३०९ र पुरुष १ लाख ९९ हजार ३२ जना रहेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा बनेको छ। यहाँ नेकपा (एमाले)का नेता कृष्णभक्त पोखरेल,सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ र स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू