एजेन्सी
क्लालम्पुर । मलेसियाको निर्वाचनपछि त्रिशंकु संसद खडा भएको छ । विपक्षी नेता अनवर इब्राहिमले सबैभन्दा बढी सिट जितेका छन् । तर, उनको पाकाटन हारापान गठबन्धनले बहुमत ल्याउन सकेन । इस्माइल साबरी याकोबको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अहिलेसम्मकै सबैभन्दा नराम्रो चुनावी पराजय भोगेको छ, जसमा १७८ सिटमा मात्रै ३० सिट जितेको छ ।
दिग्गज राजनीतिज्ञ महाथिर मोहम्मदले नराम्रो पराजय चाखेका छन् । महाथिरले ५३ वर्षमा पहिलो हार बेहोरेका हुन् । ९७ वर्षीय महाथिरले दशकौंसम्म मलेसियाको राजनीतिमा प्रभुत्व जमाउँदै आएका थिए । उनी पहिलो पटक १९८१ देखि २००३ सम्म देशको प्रधानमन्त्री भएका थिए । उनलाई सन् १९८० को दशकदेखि देशको द्रुत आर्थिक परिवर्तनको श्रेय दिइयो । देश अहिले राजनीतिक रूपमा अस्थिर छ । सन् २०१८ को निर्वाचनपछि देशमा तीन पटक प्रधानमन्त्री बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्