Ads

कांग्रेसले खाता खोल्यो मनाङमा, योगेश गौचन थकाली निर्वाचित


मनाङ । मनाङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन् । ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन् । सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका हुन् । उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए ।

निर्वाचन आयोगले मतपरिणाको घोषणा गर्न बाँकी रहेको छ । एमालेले मुस्ताङलाई आफ्नो पकड भन्दै अनिवार्य जितको क्षेत्रमा राखेको थियो । यस निर्वाचनमा तुलाचनले उम्मेदवार हुन नचाहेको तर जितेपछि मन्त्री बनाइदिने पार्टी नेतृत्वले आश्वासन दिएकाले उम्मेदवारी दिएको बताइएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू