सुर्खेत । उपल्लो डोल्पासहित तल्लो डोल्पाको मुड्केचला, जगदुल्ला गाउँपालिकाको मतपेटिका सदरमुकाममा ल्याउन अझै एक दिन कुर्नु पर्ने भएको छ । ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिकाको मात्रै मतपेटिका सदरमुकाम दुनैमा पुर्याएको डोल्पाका जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिए ।
उपल्लो डोल्पाबाट हेलिकोप्टरको सहायताले मत पेटिकाहरू सदरमुकाम ल्याउने तयारी भइरहेको अधिकारी सार्कीले बताए । त्यस्तै, जाजरकोटको पश्चिम क्षेत्र जुनिचाँदे, शिवालय गाउँपालिकाको मतपेटिका सदरमुकाम बेलुकीसम्म मात्र पुग्ने मुख्य निर्वाचन अधिकृत केशवराज चपाइले बताए । बेलुकी नै सर्वदलीय बैठक बोलाएर मतगणना सुरु हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्