Ads

नवलपरासी– १ मा कांग्रेसका विनोद चौधरी, २ मा राप्रपाका प्रधान अगाडि


नवलपरासी, । पश्चिम नवलपरासीको क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन् । २ हजार २०० मत गन्दा चौधरीले ८ सय ५३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले ६ सय ३२ मत प्राप्त गरेका छन् । चौधरी त्रिपाठीभन्दा २८१ मतले अगाडि छन् ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधानको अग्रता छ । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा छन् । २ हजार ७५० मत गणना हुँदा राप्रपाका प्रधानले १ हजार ३८९ मत ल्याएका छन् भने कांग्रेसका कँडेलले ५ सय २७ मत प्राप्त गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू