Ads

आजको मौसम : चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध


काठमाडौं । देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी  भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ । पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू