काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले)ले १० लाख मत कटाएकाे छ ।प्राप्त पछिल्लो परिणाम अनुसार एमालेले १० लाख ४ हजार १ सय ६३ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसको ९ लाख ६६ हजार ९ सय ८९ मत छ भने तेस्राे स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत प्राप्त गरेकाे छ ।
त्यस्तै, माओवादी चौथो स्थानमा रहेकाे छ । उसको ४ लाख ४२ हजार ३८ मत छ। पाँचौ स्थानमा रहेको राप्रपाको २ लाख ५५ हजार ५६ मत आएको छ ।
जनता समाजवादी पार्टीको १ लाख २७ हजार मत छ । नेकपा एकीकृत समाजवादी पार्टी सीके राउतको जनमत पार्टी भन्दा पछाडी छ । उसको ७१ हजार २ सय १४ मत छ भने जनमतको ७५ हजार मत आएको छ ।
प्रतिक्रिया दिनुहोस्