काठमाडौं । हिजो सोमबार थापाथलीको सुकुम्बासी बस्ती व्यवस्थापनमा लागिपर्दा सुरक्षाकमीहरु माथि नै आक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालुवाटार पुगेका छन् । मेयर साहले प्रधानमन्त्री देउवासँग बागमती नदी किनारका बस्ती हटाउनेबारे छलफल गर्न बालुवाटार गएका हुन् ।
मेयर बालेन्द्रका स्वकिय सचिव भूपदेव शाहका अनुसार अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरपालिकाले गरिरहेको छ । ‘सरकारले महानगरलाइ अहिले सम्म अनाधिकृत रुपमा बसोबास गरिरहेका बस्ती किन महानगरले खाली नगरेको भन्नू पर्ने हो ।
तर महानगरले आफै अग्रसरता देखाउदा सरोकारवाला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी बलहरु र सम्बद्ध निकाय किन मौन ? सो को जानकारी लिन मेयर ज्यु प्रधानमन्त्री लाई भेट्न प्रम निवास बालुवटारमा निकै समय वेट गरेर भेट्नको लागि प्रतीक्षा गर्दै,’ प्रधानमन्त्री निवास बालुवाटारमा मेयर बालेन्द्र प्रतिक्षा गरिरहेको तस्बिर सार्वजनिक गर्दै शाहले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्