काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले सहरमा सुकुम्बासी समस्याप्रति मेयर बालेन्द्र शाह संवेदनशील हुनुपर्ने बताएका छन् । सहरका सुकुम्बासीको समस्याबारे मेयरबाट कानुनको पालना हुनुपर्ने र वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उनले बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडी नगरपालिका र संघीय सरकारले वास्तविक सुकुम्बासी पहचान गरेर उनीहरूसँग के कस्ता संवाद गर्यो भन्ने नगरबासी लाई बुझाउनु जरुरी छ।’
उनले साथसाथै मेयर बालेन्द्र शाहको तारिफ समेत गरेका छन् । उनले भने, ‘काठमाडौंको मेयर बालेन्द्र जीको आजसम्मको कामको जनता ले प्रशंसा गरेका छन्। काठमाडौंको मेयरमा एउटा पक्का इमान्दार, पैसामा लोभ न राख्ने र केहि सकारात्मक काम गरु भन्ने पढे लेखेको नेता पाएको जनतामा छाप छ ।’
प्रतिक्रिया दिनुहोस्