Ads

आजको मौसम : देशभर सामान्यतया सफा रहने


काठमाडाैं । हाल देशमा कुनै पनि वायुकाे प्रभाव नरहेकाे जल तथा माैसम पूवार्नुमान महाशाखाकाे भनाइ छ । आज देशभरकाे माैसम सामान्यतया सफा रहने माहाशाखाकाे भनाइ छ ।

देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, बुधबार प्रदेश १ का हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Ads

सम्बन्धित पोष्टहरू