भैरहवा । नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्रै अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिटै शुभारम्भ हुने बताएका छन् । नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको ४०औँ स्थापना दिवसको अवसरमा पन्तले अस्पतालको स्तरोन्नति समय र समाजको माग सँगसँगै प्रवृद्धि तथा आवश्यकताअनुसार बदल्दै लैजानु पर्ने बताए ।
उनले विकासको फड्कोसँगै यसलाई स्तरबृद्धि गर्दै लानुपर्ने कुरामा नेत्र ज्योती संघ पछि नपर्ने बताउदै अत्याधुनिक मोर्डन अस्पतालको रुपमा आधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन यथासिघ्र शुभारम्भ गर्नुपर्ने बताए । ‘जनशक्ति र उपकरण ल्याउने कुरामा हामी पछि पर्दैनाैँ, सुरुवात गरौँ, यसलाई नमुना अस्पतालको रुपमा बनाउने संकल्प लिएर । उपचार नपाएर कोही दृष्टिविहीन नहोस् भन्ने हाम्रो मुख्य ध्येय छ,’ अध्यक्ष पन्तले भने ।
नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल रुपन्देहीले ३७ जनालाई विभिन्न अवार्ड र पदकबाट सम्मान गरेको छ । ४० औ स्थापना दिवसमाको अवसरमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीहरु मध्ये २७ जनालाई दीर्घ सेवा पदक, ४ जनालाई उत्कृष्ट कर्मचारी अवार्ड र अन्य विभिन्न व्यक्तित्वलाई विभिन्न पदलकले सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्