Ads

बाजुरामा ४० मतपत्र बढी भेटिएपछि मतगणना रोकियो


बाजुरा, । बाजुरामा मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका वडा नंम्बर ६ को मतदान केन्द्रमा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ४० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी दिए । उनका अनुसार अहिले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फको सात हजार ५१० मतको गणना सकिदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिंदा नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मतसहित उहाँलाई पछ्याइरहेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू